काठमाडौं– सम्राट बस्नेतको निर्देशनमा बन्ने नयाँ फिल्म ‘कङ्गारु’ मा कलाकारको लाइनअप बलियो बन्दै गएको छ । राजिव गुरुङ अर्थात दीपक मनाङ्गेको प्रस्तुतिमा बन्ने यो फिल्ममा केदार घिमिरे ‘माग्ने बुढा’ पछि प्रमुख भूमिकामा अभिनेता अर्पण थापा भित्रिएका छन् ।
अभिनेता थापा र यो फिल्मको निर्माण पक्षबीच मंगलवार औपचारिक रूपमा सम्झौता भएको हो ।
यो फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको छ । यसअघि उनले एक्सन जनराको ‘लाखे’ निर्देशन गरेका थिए ।
फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एण्ड फिल्मसँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो । ...


