काठमाडौं- केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय फिल्म ‘मायाका रंगहरु: कलर्स अफ लभ’ को निर्माण घोषणा गरिएको छ ।
फिल्मको मुख्य भूमिकामा अभिनेता पल शाह अनुबन्धित भएका छन् । यो इन्डो-नेपाली फिल्मको छायांकन पल शाहले ‘पुजार सार्की’ को छायांकन सकेपछि भारतको सिक्किमबाट प्रारम्भ गरिने छ ।
प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको ९० प्रतिशत छायांकन भारतको सिक्किम र बाँकी दार्जिलिङ, इलाम र काठमाडौंमा गरिने छ ।
भद्र भुजेल र राम मेहरा मुख्य सहायक निर्देशक रहने फिल्ममा सौरभ लामाको डिओपी, शेखर ज्ञावालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ र दीपक शर्माको संगीत, सुष्मा ...
‘मायाका रंगहरु: कलर्स अफ लभ’ को घोषणा


