‘बुलाकी’ को पृथक प्रचार शैली, टोल–टोलमा कार्यक्रम

KalakarmiKalakarmiSourceAug 9, 20241 min read
‘बुलाकी’ को पृथक प्रचार शैली, टोल–टोलमा कार्यक्रम
काठमाडौं– यही साउन ३२ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘बुलाकी’ निर्माण टिम यतिबेला प्रचार–प्रचारमा जुटेको छ । मिडिया तथा सोसल मिडियाबाट दर्शकलाई फिल्मको विषयवस्तु जानकारी गराउँदै सिनेमा हलमा तान्न प्रयत्नरत टिम यतिबेला सिधा दर्शकसँगै पुगेर साक्षात्कार गरिरहेको छ । नौलो र भिन्न प्रचारशैली पछ्याउँदै ‘बुलाकी’ युनिट यतिबेला राजधानीका विभिन्न स्थानमा पुगेर सडक नाटक, नृत्य तथा गायन प्रस्तुति दिइरहेको छ । जहाँ स्थानीय दर्शकले बलियो साथ दिएका छन् । फिल्मले उठान गरेको कथावस्तु र प्रदर्शन मिति जानकारी गराउँदै दर्शक आकर्षण गर्न टोल टोलमा पुगेको निर्माता तथा कलाकार विराज विष्टले बताए । विहीवार ललितपुरको लगनखेलमा ...