काठमाडौं– अभिनेता रमित ढुङ्गानाको निर्देशनमा बनेको नयाँ नेपाली फिल्म ‘नमेटिने घाउ’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमका बीच ढुंगानाकै लगानीमा बनेको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा एसिड आक्रमणमा परेका पीडितहरुको पीडा तथा संघर्षलाई मर्मस्पर्शी रुपमा देखाइएको छ ।
फिल्मको ट्रेलरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड पीडितहरूलाई न्याय दिने प्रतिबद्धता जनाएको दृश्य समावेश छ । ट्रेलरमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल तथा सांसद ज्ञानेन्द्र शाहीले एसिड पीडितको आन्दोलनमा एक्यबद्धता जनाउँदै बोलेका ‘एसिड आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउँछौं’ भन्ने ...
ट्रेलरमा ‘नमेटिने घाउ’: प्रधानमन्त्री ओलीले पीडितहरूलाई न्याय दिने


