काठमाडौं– अभिनेत्री नीति शाहलाई अहिले भ्याइ–नभ्याई छ । कुनै समय फिल्ममा डेब्यू गर्नकै लागि तड्पिएकी नीतिको हातमा अहिले फिल्म नै फिल्म छन् ।
‘घर ज्वाईँ’ फिल्मको छायांकन सकेर नीति अर्को फिल्ममा व्यस्त हुने योजनामा रहेकी छिन् । यसैबीच, नीतिले विभिन्न ब्राण्डहरुको प्रमोशनमा पनि आफ्नो समय खर्चिने गरेकी छिन् ।
यही क्रममा नीतिले किस्टी डेकोर्सकी डिजाइनर सिवानीले डिजाइन गरेका पहिरनलाई प्रमोशन गरेकी छिन्, जसमा उनी दुलहीको भेषमा देखिएकी छिन् । रातो साडि र ब्लाउजका साथमा घुम्टी, गरगहनामा सजिएकी नीति आफ्ना दुलाहा अर्थात अभिनेता कुन्साङ बोमजमलाई कुरेर बसेको देखिन्छ ।
‘दान्भी’ फिल्मबाट ...


