‘नमेटिने घाउ’ को पोस्टरमा माधव कुमार नेपाल

KalakarmiKalakarmiSourceAug 7, 20241 min read
‘नमेटिने घाउ’ को पोस्टरमा माधव कुमार नेपाल
काठमाडौं– सत्य घटनामा आधारित नयाँ नेपाली फिल्म ‘नमेटिने घाउ’ को बुधवार सार्वजनिक दोस्रो पोस्टरमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई प्रस्तुत गरिएको छ । पोस्टरमा नेता नेपालसहित फिल्मका मुख्य कलाकारहरुलाई चित्रण गरिएको छ । भदौ ७ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको यसअघिको पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रस्तुत गरिएको थियो । अभिनेता रमित ढुङ्गानाको निर्देशन तथा लगानीमा निर्माण भैरहेको यो फिल्म एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित छ । फिल्ममा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटिएको छ । यो फिल्म लेखक शिवम अधिकारीले झण्डै साढे दुई वर्ष लगाएर लेखेका हुन् ...