‘नमेटिने घाउ’ को फस्टलूकमा प्रधानमन्त्री ओली

KalakarmiKalakarmiSourceAug 5, 20241 min read
‘नमेटिने घाउ’ को फस्टलूकमा प्रधानमन्त्री ओली
काठमाडौं– अभिनेता रमित ढुङ्गानाको निर्देशन तथा लगानीमा निर्माण भैरहेको सत्य घटनामा आधारित फिल्म ‘नमेटिने घाउ’ को फस्टलूक पोस्टर सार्वजनिक गरिएको छ । भदौ ७ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको सोमवार सार्वजनिक पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चित्रण गरिएको छ । साउने सोमवारको अवसर पारेर सार्वजनिक पोस्टरमा प्रहरी उपरीक्षकद्वय बाल नरसिंह राणा तथा कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत फिल्मका मुख्य कलाकारहरुलाई समेत समावेश गरिएको छ । यो फिल्ममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको समेत अभिनय रहेको छ । फिल्ममा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीकै भूमिका निर्वाह गरेका छन् । एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा ...