काठमाडौं- कमल एक्चै मगरको निर्देशनमा नयाँ नेपाली फिल्म ‘आलिङ्गन’ बन्ने भएको छ ।
अघिल्लो वर्ष आजकै दिन अर्थात मंसिर २३ गते उनले निर्देशन गरेकाे फिल्म ‘डेसान’ प्रदर्शनमा आएको थियो ।
मगरले ‘शिरफूल’ फिल्ममार्फत निर्देशनमा पाइला चालेका हुन् । ‘आलिङ्गन’ उनको निर्देशनमा बन्ने तेस्रो फिल्म हुनेछ । सामाजिक प्रेमकथामा बन्ने यो फिल्मको कथा निर्देशक मगरले लेखेका हुन् ।
फिल्मको पटकथा तथा संवाद आरुष जंग सारु र कमल एक्चै मगरले मिलेर लेखेका हुन् । कृशला मगर कार्यकारी निर्माता रहेको यो फिल्ममा चक्र बहादुर महर्जनको छायांकन रहने छ ।
परफर्मिाङ ...
कमलको ‘आलिङ्गन’ मा को-को ?


