काठमाडौं– लक्ष्मण सुवेदीको लेखन तथा निर्देशनमा बनेको नयाँ नेपाली फिल्म ‘सतीदेवी’ सेन्सर पास भएको छ ।
सुवेदीकै लगानीमा निर्माण भएको यो फिल्मलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । यो सर्टिफिकेटसँगै अब यो फिल्म सबै उमेरका दर्शकले हेर्न पाउनेछन् ।
सामाजिक कथामा निर्माण भएको यो फिल्मत्रले देशमा जति नै परिवर्तन आए पनि परिवर्तिन हुन नसकेको महिलाको कथालाई मुख्य विषय बनाएको छ । बाबु–छोरीको कथा समेत चित्रण गरिएको यो फिल्मले समाजमा गरिने छोराको चाहना, छोरीको महत्वलगायतको विषयसमेत देखाउने निर्देशक सुवेदीले बताए ।
यो फिल्मले आमा–छोरी र दिदि–बहिनीबीचको सम्बन्धलाई देखाएको छ । २ ...
‘सतीदेवी’ लाई यूनिभर्सल सर्टिफिकेट


