प्रीमियरमा ‘मोदीबेनी’ लाई ‘नसोचेको राम्रो फिल्म’ बनेको प्रतिक्रिया

KalakarmiKalakarmiSourceAug 1, 20241 min read
प्रीमियरमा ‘मोदीबेनी’ लाई ‘नसोचेको राम्रो फिल्म’ बनेको प्रतिक्रिया
काठमाडौं– साउन १८ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘मोदीबेनी’ को बुधवार साँझ काठमाडौंमा भव्य प्रिमियर भएको छ । कमलपोखरीमा रहेको बिग मुभिजमा भएको प्रीमियरमा नेपाली चलचित्र क्षेत्रका व्यक्तित्वहरू, राजनीतिक व्यक्तित्वहरू तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । ‘मोदीबेनी’ लाई प्रिमियर शोबाट ‘नसोचेको राम्रो फिल्म’ भएको प्रतिक्रिया प्राप्त भएको छ । प्रीमियरमा यही फिल्मबाट डेब्यू गरेका अभिनेता अमर प्रताप श्रेष्ठ तथा अभिनेत्री वर्षा सिवाकोटी आकर्षणको केन्द्र बने । वर्षा सारीमा सुन्दर देखिएकी थिइन् भने अमर पनि वर्षासँगको ‘कलर म्याच’ रहेको पोसाकमा सजिएका थिए । अभिनेत्री रेजिना उप्रेती पनि ...