काठमाडौं। यम शेर्पाले निर्देशन गर्ने नेपाली चलचित्र ‘कार्साङ’को छायाङ्कन सुरु भएको छ। मङ्गलवारदेखि सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित यार्सा गाउँमा छायाङ्कन सुरु भएको हो। छायाङ्कन शेर्पा परम्परा अनुसार पूजा गरेर थालिएको हो। बौद्ध भिक्षुहरूबाट स्क्रिप्ट पूजा गराइ शुभ मुर्हूत गरिएको छ। सामाजिक कथावस्तुमा आधारित यो चलचित्रको छायाङ्कन एक महिनासम्म चल्ने बताइएको छ। यसका मुख्य कलाकारमा दयाहाङ राई, […]
चलचित्र ‘कार्साङ’को छायाङ्कन सुरु


