र्याफ्टिङमा रमाउँदै ‘मोदीबेनी’ का कलाकार

KalakarmiKalakarmiSourceJul 29, 20241 min read
र्याफ्टिङमा रमाउँदै ‘मोदीबेनी’ का कलाकार
काठमाडौं– साउन १८ गते अर्थात यही शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘मोदीबेनी’ का कलाकारहरू वर्षा सिवाकोटी तथा अमर प्रताप श्रेष्ठले बागमती नदीमा र्याफ्टिङ गरेका छन् । नेपाल नदी संरक्षण संस्था, फ्रेन्ड्स क्लब र बागमती सफाइ महाअभियानको सहकार्यमा बागमती नदी महोत्सव महाजल जात्रा अन्तर्गत गत शनिवार र्याफ्टिङको शुभारम्भ भएको थियो । थापाथली पुलदेखि चोभारसम्म वर्षा र अमरले र्याफ्टिङ गरेका थिए । त्यस क्रममा अभिनेत्री वर्षा सिवाकोटीले नदी संरक्षणमा राज्यको दायित्व हुनुपर्ने बताइन् भने अभिनेता अमरप्रताप श्रेष्ठले यो अभियानलाई सबैले मिलेर सफल बनाउन पर्ने र काठमाडौंमा नै र्याफ्टिङको मज्जा लिन पाउँदा ...