पशुपति क्षेत्रमा वृक्षारोपण गर्दै हमालले भने– ‘आधुनिकताको नाममा मानिसहरु भौतिक सुख–सयलमा दौडिए’

KalakarmiKalakarmiSourceJul 29, 20241 min read
पशुपति क्षेत्रमा वृक्षारोपण गर्दै हमालले भने– ‘आधुनिकताको नाममा मानिसहरु भौतिक सुख–सयलमा दौडिए’
काठमाडौं– अभिनेता राजेश हमालले वृृक्षारोपण गर्नु न्यायिकपूर्ण काम भएको बताएका छन् । साउनको दोस्रो सोमवार बिहान पशुपति क्षेत्रमा वृक्षारोपण गर्दै अभिनेता हमालले आफ्नो विशेष दिनलाई सत्कर्ममा परिवर्तन गनुपर्ने बताएका हुन् । ‘सबैको जीवनमा महत्वपूर्ण दिन वर्षमा एक चोटी आउँछ । त्यो महत्वपूर्ण दिनलाई सत्कर्ममा परिवर्तन गरेर लग्न सक्यौं भने त्यसबाट धेरै लाभ लिन सकिन्छ, अभिनेता हमालको भनाइ छ । अभिनेता हमालले आज–भोलि आधुनिकताको नाममा मानिसहरु भौतिक सुख–सयलमा दौडिरहेको बताए । उनले जिउनको लागि जुन आधारभूत आवश्यक्ता हो शुद्ध खाना, पानी र वातावरणलाई नजरअन्दाज गर्न नहुने जिकिर गरे । ...