दोस्रो चरणको छायांकनमा ‘पूर्ण बहादुरको सारङ्गी’

KalakarmiKalakarmiSourceJul 25, 20241 min read
दोस्रो चरणको छायांकनमा ‘पूर्ण बहादुरको सारङ्गी’
काठमाडौं– कलाकारहरूको बलियो लाइनअप रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को दोस्रो चरणको छायांकन प्रारम्भ भएको छ । करिव ३६ दिनसम्म ओखलढुङ्गा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा पहिलो चरणको छायांकन गरिएको यो फिल्मको अहिले भक्तपुरको दुवाकोटबाट दोस्रो चरणको छायांकन प्रारम्भ गरिएको हो । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा नयाँ अभिनेत्रीमा अलिशा बास्तोलाको प्रवेश भएको छ । उनको यो डेब्यू फिर्चड फिल्म हो । यसअघि उनले दजनौं म्यूजिक भिडियोमा काम गरिसकेकी छिन् । ‘पूर्ण बहादुरको सारङ्गी’ मा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ । त्यस्तै, फिल्ममा विनोद ...