एमडब्लूसीको ब्राण्ड एम्बेसडर बने नाजिर हुसेन

KalakarmiKalakarmiSourceJul 25, 20241 min read
एमडब्लूसीको ब्राण्ड एम्बेसडर बने नाजिर हुसेन
काठमाडौं– नेपाली ब्राण्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी) को ब्राण्ड एम्बेसडरमा अभिनेता नाजिर हुसेन नियुक्त भएका छन् । एमडब्लूसीले बुधवारदेखि लागू हुने गरी अभिनेता नाजिरलाई ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको हो । एमडब्लूसीका अनुसार नाजिरलाई एक वर्षसम्मको लागि ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएको हो । उनले कम्पनीका प्रोडक्टहरूको विभिन्न तरिकाबाट प्रचार साथै बिक्री गर्नमा मद्दत गर्नेछन् । नाजिर पहिलोपटक एमडब्लूसीको ब्राण्ड एम्बेसडर बनेका हुन् । कार्यक्रममा बाल्दै अभिनेता नाजिरले एमडब्लूसीका प्रडक्ट उपयुक्त रहेको बताए । ‘इयरबड सबै भन्दा बढी प्रयोग गर्ने मध्ये म पनि एक हुँ, प्रायः मेरो साथमा इयरबड भइराख्छ,’ उनले भने ...