काठमाडौं– गुरुङ भाषाका फिल्ममा अभिनय गरिसकेकी अभिनेत्री कृष्टिन गुरुङ यही साउन ११ गतेदेखि प्रदर्शनमा आउने नयाँ राजु गिरिद्वारा निर्देशित नयाँ नेपाली फिल्म ‘ईश्वर’ मा अभिनेत्रीको रुपमा दर्शकमाझ आइरहेकी छिन् ।
गुरुङ भाषाका फिल्महरुबाहेक अघिल्ला वर्ष प्रदर्शनमा आएको नेपाली फिल्म ‘दयारानी’ मा छोटो भूमिकामा अभिनय गरेकी कृष्टिन ‘ईश्वर’मा भने प्रमुख भूमिकामा छिन् ।
कृष्टिनका अनुसार फिल्मका निर्माता ध्रुव थापा र माओत्से गुरुङका कारण उनी यो फिल्ममा जोडिएकी हुन् । उनी सम्झिन्छिन्– ‘उहाँहरु यो फिल्मका लागि मंगोलियन अनुहारको नायिका खोजिरहनु भएको रहेछ । उहाँहरुसँग भेट भएपछि ईश्वरमा जोडिएँ ।’
गुरुङ फिल्ममा ग्रामीण चरित्र ...
‘ईश्वर’ मा शिक्षिका बनेकी कृष्टिन, दर्शकको माया पाउने कुरामा आशावादी


