गुरु पूर्णिमाको दिन मिथिला शर्माको गुरु दक्षिणा

KalakarmiKalakarmiSourceJul 21, 20241 min read
गुरु पूर्णिमाको दिन मिथिला शर्माको गुरु दक्षिणा
काठमाडौं– वरिष्ठ कलाकार मिथिला शर्मा बोहराले आफ्नो नृत्य तथा अभिनय करियरका गुरुहरुलाई गुरु दक्षिणास्वरुप उनीहरुको नाममा पुरस्कार स्थापना गरी नगद राशीसहित कलाकर्मीलाई अर्पण गरेकी छिन् । कलाकार शर्माद्वारा गुरु पुर्णिमाको अवसर पारेर आइतवार प्रज्ञा भवन, कमलादीमा आयोजित कार्यक्रममा आफ्ना गुरु संगीत साधक स्व.गोपाल योञ्जनको नाममा स्थापित गोपाल योञ्जन संगीत साधना पुरस्कार संगीतकार शिला बहादुर मोक्तानलाई प्रदान गरिएको छ । समारोहमा फिल्म लेखक, निर्देशक तथा गीतकार स्व.चेतन कार्कीको नाममा स्थापित चेतन कार्की गीति वाङ्मय पुरस्कार गीतकार श्रीपुरुष ढकाललाई प्रदान गरिएको छ । त्यस्तै हास्य जोडी स्व. राजपाल थापा र स्व. ध्रुवरत्न ...