आज २ अर्ब ७९ करोडभन्दा बढीको शेयर कारोबार

KalakarmiKalakarmiSourceDec 7, 20231 min read
आज २ अर्ब ७९ करोडभन्दा बढीको शेयर कारोबार
काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ११.७३ अंकले वृद्धि भएको छ । नेप्से सूचक १८५२.७७ विन्दुमा पुगेको छ। यस दिन कुल २ अर्ब ७९ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ। कारोबारमा आएका १३ मध्ये व्यापार समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ । आजैबाट शेयर कारोबार खुलेको त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने समाज लघुवित्तको ९.९७ प्रतिशत र सिवाइसी लघुवित्तको ९.९१ प्रतिशतले बढेको छ।