जिग्रीको जन्मदिनमा ‘लाज शरणम्’ को घोषणा

KalakarmiKalakarmiSourceJul 19, 20241 min read
जिग्रीको जन्मदिनमा ‘लाज शरणम्’ को घोषणा
काठमाडौं– सानो पर्दाको लोकप्रिय कार्यक्रम ‘सक्किगोनि’ टिमका निर्देशक तथा कलाकार कुमार कट्टेलको जन्मदिनको अवसर पारेर नयाँ नेपाली फिल्म ‘लाज शरणम्’ को औपचारिक निर्माण घोषणा गरिएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच फिल्म निर्माण घोषणा गरिएको हो । फिल्म निर्माण घोषणा कार्यक्रममा मिडिया हबका सञ्चालक सोम धिताललाई कदर–पत्र तथा दोसल्लासहित सम्मान गरिएको थियो । फिल्मको मार्केटिङ तथा ब्राण्डिङ पाटर्नरको रुपमा एडी रिलिजसँग समारोहमै सम्झौता गरिएको छ । फिल्ममा जिग्री पाँडे टिमका तर्फबाट कुमार कट्टेलले फिल्मको लेखन तथा निर्देशन गर्नेछन् । फिल्मका निर्मातामा नवीन श्रेष्ठ तथा सह–निर्मातामा राम नरेश शाह रहेका छन् ...