काठमाडौं– निर्देशक ओम प्रतीकले आफ्नो निर्देशनमा बन्ने नयाँ फिल्म ‘मोहर’ को अभिनेत्रीको रूपमा नीति शाहलाई अनुवन्ध गरेका छन् ।
निर्देशक प्रतिकले गत जेठमा एउटा पोस्टर सार्वजनिक गर्दै यो फिल्म निर्देशन गर्ने घोषणा गरेका थिए ।
निर्देशक प्रतीकका अनुसार अभिनेत्रसंग कागजी सम्झौतासमेत गरिएको छ । नीतिसंगै अभिनय गर्ने एक जना अभिनेत्री तथा एक जना अभिनेताको खोजि भइरहेको छ ।
निर्देशक प्रतीकले यो फिल्ममा अभिनेता अर्जुन जंग शाहीले मुख्य खलनायकको रुपमा अभिनय गर्ने निश्चित भएको जानकारी यसअघि नै गराइसकेका छन् ।
‘मोहरमा हामीले समाजमा देखिएको ऐनालाई चित्रण गर्दैछौं, निर्देशक प्रतीक ...
ओम प्रतीकको ‘मोहर’ मा नीति फाइनल


