‘मोदीबेनी’ मा चकित पार्ने वर्षाको रौद्र रूप

KalakarmiKalakarmiSourceJul 18, 20241 min read
‘मोदीबेनी’ मा चकित पार्ने वर्षाको रौद्र रूप
काठमाडौं– साउन १८ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘मोदीबेनी’ को बिहीवार काठमाडौंमा आयोजित एक समारोहमा अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलर पूर्ण प्याकेजको बनेको छ । एक्सन, प्रेम, कमेडी, वेदना तथा पारिवारिक कथा समेट्दै यसले थ्रिल महसुस गराउँछ । ट्रेलरमा देखाइएका केही दृश्यहरू सरप्राइजिङ छन् । यसमा अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता अमर प्रताप श्रेष्ठबीच अंकुराएको प्रेमलाई सुन्दर ढङ्गले बुनिएको छ । जब ट्रेलर क्लाइमेक्समा पुग्छ, तब वर्षाको रौद्र रूपले चकित तुल्याउँछ । ट्रेलरमा कुनै समय हिरोइन भएर दर्जनौँ फिल्ममा अभिनेत्री गरेकी रेजिना उप्रेती वर्षाको आमाको ...