काठमाडौं– अभिनेत्री अदिती बुढाथोकीले अनमोल केसीको फिल्म ‘कृ’ बाट नेपाली फिल्ममा डेब्यू गरिन् । त्यसपछि उनले अभिनेता धिरज मगरसंग ‘बाबरी’ फिल्ममा अभिनय गरिन् । त्यसपछि भने उनले आफ्नो कर्म क्षेत्र भारतको मुम्बईलाई बनाएकी छिन् ।
यद्यपि ‘बाबरी’ मा अभिनय गर्नुअघि नै उनी अभिनयको प्रशिक्षण, अध्ययन तथा करियर बनाउने उदेश्यले भारतको मुम्बई पुगिसकेकी थिइन् ।
उनी लामो समयदेखि मुम्बईमा रहेर अभिनय संसारमा करियर बनाउन संघर्ष गरिरहेकी छिन् । त्यसो त उनले केहि हिन्दी गीत तथा टिभिसीहरुमा अभिनय गरिसकेकी छिन् । सुन्दर अनुहारकी धनी उनी सामाजिक सञ्जालमा अति नै सक्रिय छिन् । ...
सारीमा ग्ल्यामरस अदिती


