उत्साहित छन् ‘ईश्वर’ मार्फत पाँच वर्षपछि दर्शकमाझ आउन लागेका पृथ्वीराज

KalakarmiKalakarmiSourceJul 16, 20241 min read
उत्साहित छन् ‘ईश्वर’ मार्फत पाँच वर्षपछि दर्शकमाझ आउन लागेका पृथ्वीराज
काठमाडौं– अभिनेता पृथ्वीराज प्रसाईं करिव पाँच वर्षको अन्तरालपछि नयाँ नेपाली फिल्म ‘ईश्वर’ मार्फत दर्शकमाझ आउँदैछन् । यही साउन ११ गतेदेखि प्रदर्शनमा आउने राजु गिरिद्वारा निर्देशित फिल्म ‘ईश्वर’ मार्फत उनी दर्शकमाझ आउन लागेका हुन् । पाँच वर्षअघि उनले अभिनय गरेको फिल्म ‘डोली’ प्रदर्शनमा आएको थियो । व्यापक प्रचार–प्रसार भैरहेको फिल्म ‘ईश्वर’ मा पृथ्वीराजले सागर पात्रको भूमिका निर्वाह गरेका छन् । फिल्ममा आफ्नो भूमिकाका बारेमा प्रष्ट पार्दै अभिनेता प्रसाईं भन्छन्– ‘सागर एउटा लभर ब्वाई हो । सागरका बुवा नकारात्मक चरित्रका भएकाले प्रारम्भमा सागर पनि नकारात्मक नै देखिन्छ । यद्यपि, समयसंगै उसमा परिवर्तन ...