‘फर्की फर्की’ को पारिश्रमिकबाट अनमोल केसीले तिरे लाखौँ रुपैयाँ कर

KalakarmiKalakarmiSourceJul 14, 20241 min read
‘फर्की फर्की’ को पारिश्रमिकबाट अनमोल केसीले तिरे लाखौँ रुपैयाँ कर
काठमाडौं– अभिनेता अनमोल केसीले आफूले अभिनय गरेको पछिल्लो फिल्म ‘फर्की फर्की’ बाट पाएको पारिश्रमिकबाट ७ लाख ५० हजार रुपैयाँ कर (टिडिएस) तिरेका छन् । फिल्मका निर्माता रोहित अधिकारीले सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिएका हुन् । असार ३० गते अर्थात आज आइतवार कोटेश्वरस्थित कर कार्यालयमा अनमोलले उक्त कर तिरेका हुन् । अनमोलले यो फिल्ममा अभिनय गरेर प्राप्त गरेको ५० लाख रुपैयाँ पारिश्रमिकबाट साढे सात लाख रुपैयाँ कर तिरेका हुन् । निर्माता अधिकारीले सञ्जालमा लेखेका छन्– ‘फर्की फर्कीमा ५० लाख पारिश्रमिक बुझेवापत स्टार नायक अनमोल केसीले नेपाल सरकारलाई ट्याक्स ७ ...