काठमाडौं- आगामी साउन ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘ईश्वर’ को गीत ‘पुरा भयो सपना मेरो…’ सार्वजनिक भएको छ ।
गायक रवि ओड तथा गायिका बेनिशा पौडेलको स्वर रहेको यो गीतमा भीष्मराज फूलाराको शब्द र राजेन्द्र बजगाईंको संगीत छ ।
ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा फिल्मका कलाकारद्वय ध्रुव थापा र कृष्टि गुरुङ फिचर्ड छन् । गीतमा ध्रुव र कृष्टिलाई रोमान्टिक भावमा देखाइएको छ ।
राजु गिरि निर्देशित फिल्ममा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाईं, रविन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङलगायतका कलाकारको ...
‘ईश्वर’ को ‘पुरा भयो सपना मेरो’ मा ध्रुव र कृष्टि


