आफ्नै निवासमा मृत भेटिएकी आरती साहका श्रीमानलाई थुना पठाउने सर्वोच्चको आदेश

KalakarmiKalakarmiSourceDec 6, 20231 min read
आफ्नै निवासमा मृत भेटिएकी आरती साहका श्रीमानलाई थुना पठाउने सर्वोच्चको आदेश
(फाइल तस्बिरः आरती साहलाई न्याय माग गर्दै काठमाडौंमा प्रदर्शनरत परिवारका सदस्य ।) काठमाडौं– अन्ततः जनकपुरको आफ्नै निवासमा करिव साढे छ महिनाअघि मृत भेटीएकी आरती साहले न्याय पाएकी छिन् । उनका श्रीमान् मोतीबाबु साहलाई सर्वोच्च अदालतले थुनामा पठाउने आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी तथा तिलप्रसाद श्रेष्ठको इजलासले उच्च अदालतको आदेश उल्ट्याउँदै बुधवार आरतीका श्रीमान मोतीबाबुलाई थुनामा पठाउने आदेश दिएको हो । आरती गत जेठ ७ गते जनकपुर–९, थापाचोकस्थित आफ्नै घरमा मृत फेला परेकी थिइन् । माइती पक्षले आरतीको हत्या श्रीमान तथा ससुराले दाइजोको निहुँमा गरेको आरोप लगाउँदै आएका ...