प्रीमियरमा ‘घरज्वाइँ’: मगर संस्कृतिको चर्चा, दयाहाङ र मिरुनाको प्रशंसा

KalakarmiKalakarmiSourceJul 10, 20241 min read
प्रीमियरमा ‘घरज्वाइँ’:  मगर संस्कृतिको चर्चा, दयाहाङ र मिरुनाको प्रशंसा
काठमाडौं– यही असार २८ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘घरज्वाइँ’ को मंगलवार साँझ कमलपोखरीस्थित बिग मुभिजमा आयोजित प्रीमियर शोमा फिल्ममा चित्रण गरिएको मगर संस्कृतिको खुलेर चर्चा गरिएको छ । प्रीमियर शोमा यो फिल्म हेरेपछि प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले भनिन्– ‘यो फिल्मले मगर सम्प्रदायको, त्यो पनि पश्चिम तिरको हाम्रोमा पूर्व र पश्चिमको मगर छ । पश्चिमको मगरले खाम बोल्छन् । हामी पूर्वको मगर हामी चाहीँ मगर भाषा भन्छौं । हामी पनि पश्चिमबाट नै बसाई सरेर पूर्व पुगेका हौं । रुकुमको तकसेरा क्षेत्रको कथा उठान गरेको सिनेमाले टिपिकल कुराहरु ...