ओटीटी प्लेटफर्ममा आउने ‘हामी छौं’ को गीतमा सलिना तथा आर्यन (भिडियो)

KalakarmiKalakarmiSourceJul 8, 20241 min read
ओटीटी प्लेटफर्ममा आउने ‘हामी छौं’ को गीतमा सलिना तथा आर्यन (भिडियो)
काठमाडौं– सलोन–सलिना फिल्म्सको प्रस्तुतिमा निर्माण भएको डकु ड्रामा ‘हामी छौं’ सीजन १ को गीत ‘यो नजिकको कुरा’ को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रताप दास र रचना रिमालको स्वर, आनन्द अधिकारीको शब्द तथा शम्भुजित बासकोटाको संगीत छ । भिडियोमा डकु ड्रामाका प्रमुख कलाकार सलिना बस्नेत तथा आर्यन पौडेल फिचर्ड छन् । यात्रा थिममा खिचिएको गीतको भिडियोमा सलिना र आर्यनलाई रोमान्टिक भावसँगै ग्रामीण जनजीवनलाई देखाइएको छ । भिडियोमा दृष्टिविहिनलाई सहयोग गरेको, खेतको रोपाईंलगायतका दृश्य समेटिएको छ । डकु ड्रामाको प्रस्तुतकर्ता शोभित बस्नेत हुन् । आगामी दशैँमा ओटीटी प्लेटफर्मबाट रिलिज हुने डकु ड्रामा ...