‘मोदीबेनी’ को गीत ‘मन्जुरी’, वर्षा र अमरको आकर्षक नृत्य (भिडियो)

KalakarmiKalakarmiSourceJul 8, 20241 min read
‘मोदीबेनी’ को गीत ‘मन्जुरी’,  वर्षा र अमरको आकर्षक नृत्य (भिडियो)
काठमाडौं- साउन १८ गते रिलिज हुने नेपाली फिल्म ‘मोदीबेनी’ को पहिलो गीत सार्वजनिक भएको छ । काठमाडौंको सिभिल मलस्थित क्युएफएक्स सिनेमा हलमा पत्रकार भेटघाटको आयोजना गर्दै ‘मन्जुरी’ शीर्षकको रोमान्टिक गीत सार्वजनिक गरिएको हो। यो गीत इन्टरनेटमा ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत हेर्न सकिन्छ। ‘मोदीबेनी’ को एक महत्त्वपूर्ण अंशको रूपमा रहेको गीतले वर्षा र अमरको प्रेम अङ्कुरण देखिको यात्रालाई चर्चा गरेको छ। एसडी योगी र विज्ञान पराजुलीको आवाजमा रहेको यो गीतको सङ्गीत एसडीले नै गरेका छन् भने राम अविरल बिस्टले शब्द रचना गरेका छन्। सङ्गीत निर्माता रिकेश गुरुङ हुन्। अभिनेत्री वर्षा सिवाकोटी र ...