‘मोदीबेनी’को गीत मन्जुरी सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceJul 8, 20242 min read
‘मोदीबेनी’को गीत मन्जुरी सार्वजनिक
द सिनेमा टाइम्स,काठमाडौं।श्रावण १८ गते रिलिज हुने नेपाली सिनेमा मोदीबेनी’को पहिलो गीत सार्वजनिक भएको छ। सिभिल मलस्थित क्युएफएक्स सिनेमा हलमा पत्रकार भेटघाटको आयोजना गर्दै ‘मन्जुरी’ शीर्षकको रोमान्टिक गीत सार्वजनिक गरिएको हो। ‘मोदीबेनी’को एक महत्त्वपूर्ण अंशको रूपमा रहेको गीतले वर्षा र अमरको प्रेम अङ्कुरण देखिको यात्रालाई चर्चा गरेको छ। एसडी योगी र विज्ञान पराजुलीको आवाजमा रहेको यो गीतको सङ्गीत एसडीले नै गरेका छन् भने राम अविरल बिस्टले शब्द रचना गरेका छन्।सङ्गीत निर्माता रिकेश गुरुङ हुन्। अभिनेत्री वर्षा सिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठ गीत सार्वजनिक कार्यक्रमको केन्द्र बने। सिवाकोटी र श्रेष्ठले किरण थापाले कोरियोग्राफी गरेको यस गीतमा सुन्दर अभिनय गरेका छन्। गीतमा उत्सव दाहालले छायाङ्कन र भरत रेग्मीले सम्पादन गरेका छन्। नवअभिनेता श्रेष्ठले आफ्नो अभिनयको पहिलो पाइलामा नै सशक्त टिमसँग काम गर्न पाउँदा खुसी व्यक्त गरे। “यो मेरो पहिलो प्रयास हो। मलाई यहाँहरूको साथको जरुरत छ। पछिल्लो समय नेपाली सिनेमामा धेरै नयाँ अनुहारहरूको प्रवेश भइरहेको छ, त्यो मध्ये एक बनेको छु। कला सहितको अभिनेता बन्ने सपना पछ्याउँदै मोदीबेनी मार्फत डेब्यु गरेको छु,” अमरले भने, “म आमदर्शकको चाहना अनुसारको प्याकेज अभिनेता बन्न चाहन्छु। मेरो पहिलो सिनेमामा नै किरण थापा जस्तो कोरियोग्राफर पाउनु अहोभाग्य हो। को-एक्टरको रूपमा वर्षा सिवाकोटी जस्तो अनुभवी नायिकासँग अभिनय गर्न पाउँदा धेरै कुरा सिक्न पाएको छु। मलाई विश्वास गरेरआफ्नो पनि पहिलो सिनेमा हुँदा हुँदै पनि मलाई डेब्यु गराउने निर्देशक शङ्कर कोइराला, पहिलो सिनेमा बनाइरहेको […]