रुसी सेनामा भर्ती गराउने गिरोहका १२ जना प्रहरी नियन्त्रणमा

KalakarmiKalakarmiSourceDec 6, 20231 min read
रुसी सेनामा भर्ती गराउने गिरोहका १२ जना प्रहरी नियन्त्रणमा
काठमाडौं– नेपालीलाई रुसी सेनामा भर्ती गराइदिन्छौं भन्दै ठगी गर्ने गिरोह सञ्चालन गरेको आरोपमा पक्राउ गरिएका १२ जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीका अनुसार छानविनपछि विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिएको हो । पक्राउ पर्नेहरुमा दीपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी छन् । उनीहरुबाट विभिन्न व्यक्तिहरुको राहदानी, रकम र लेनदेनका कागजातहरु बरामद भएको एसएसपी खत्रीले बताएका छन् । ‘उहाँहरुबाट पासपोर्टहरु, नगद र कागजात लगायतका दस्तावेजहरु बरामद ...