काठमाडौं– कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको ‘इट्स माइ शो’ कार्यक्रममा पहुना बनेर पुगेका अभिनेत्रीद्वय स्वस्तिमा खड्का तथा साम्राज्ञी आरएल शाहसँग कार्यक्रम प्रस्तोता ओसिन सिटौलाले सोधेका केहि प्रश्नको जवाफ विवादित भएपछि उक्त कार्यक्रम तिब्र आलोचनाको शिकार बनेको थियो ।
यसका साथै कार्यक्रममा अभिनेत्री जस्सीता गुरुङ तथा अभिनेता अनमोल केसीको व्यक्तिगत जीवनका बारेमा यी दुई अभिनेत्रीले दिएको वयानप्रति जस्सिताले प्रेस काउन्सिलमा उजुरी दर्ता गराएकी
थिइन् ।
जस्सिताको उजुरीपछि प्रेस काउन्सिलले कान्तिपुर टेलिभिजनलाई स्पष्किरणसहित पत्राचार गरेको थियो । यसका लागि मंगलवार ओसिन प्रेस काउन्सिल पुगेर जवाफ दिएकी थिइन् ।
जस्सीताले उक्त कार्यक्रमप्रति आपत्ति जनाएपछि अभिनेत्रीद्वय खड्का ...
‘इट्स माइ शो’ का विवादित अंश डिलिट भएपछि जस्सीताको खुशी


