काठमाडौं– कलाकार तथा निर्माता सन्तोष अधिकारीले आफ्नो जन्मदिनको अवसर पारेर पोलिटिकल-कमेडी फिल्म ‘तैँ चुप मैँ चुप’ निर्माण गर्ने घोषणा गरेका छन् ।
सन्तोष अधिकारी फिल्म्सको ब्यानर तथा अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको सहकार्यमा बन्ने यो फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गर्ने छन् । मनिष गौतम यो फिल्मका लेखक हुन् ।
काठमाडौं तथा पोखरामा छायांकन हुने यो फिल्मका लागि कलाकार तथा गीत–संगीतको छनौट जारी रहेको बताइन्छ । पोलिटिकल सस्पेन्स कथा रहेको यो फिल्मले समसामयिक राजनीतिक घटनाक्रमहरूलाई कमेडी शैलीमा प्रस्तुत गर्ने निर्देशक घनश्याम लामिछानेले बताए ।
यो फिल्ममा आशिष थापा मगर र प्रतिमा ...
पोलिटिकल-कमेडी फिल्म ‘तैँ चुप मैँ चुप’ को घोषणा


