साउथका प्रभास बिर्साउने ‘१२ गाउँ’ समीर

KalakarmiKalakarmiSourceJun 30, 20241 min read
साउथका प्रभास बिर्साउने ‘१२ गाउँ’ समीर
काठमाडौं– अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भैरहेको फिल्म ‘१२ गाउँ’ को फर्स्टलूक पोस्टर सार्वजनिक भएको छ । आगामी दशैँमा प्रदर्शनमा आउने यो फिल्मबाट अभिनेता भट्टका छोरा समीर भट्टले नेपाली रजतपटमा डेब्यू गर्दैछन् । समीरको डेब्यू फिल्म भएका कारण पनि यो निर्माण घोषणादेखि नै चर्चाको शिखरमा छ । त्यति मात्र नभएर समीरलाई झट्ट हेर्दा साउथ फिल्मका प्रभास जस्तै देखिने दर्शकको प्रतिक्रिया रहेको छ । उनको बडिदेखि हेयर स्टाइलसम्म नियाल्दा उनलाई नेपालका प्रभास भन्ने टिप्पणी गर्न थालिएको हो । निर्देशक विराजका अनुसार अबको १० दिनमा फिल्मको सम्पूर्ण छायांकन सम्पन्न हुने छ । यो फिल्ममा ...