उपप्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्री

KalakarmiKalakarmiSourceDec 6, 20231 min read
उपप्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्री
काठमाडौं– उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल पुगेका छन् । गृहमन्त्री क्षेष्ठको गंगालाल हृदय केन्द्र बाँसबारीमा मंगलबार साँझ मुटुको देव्रे नसाको एन्जिओप्लास्टी गरिएको थियो । एन्जियोप्लास्टी सर्जरी पश्चात गृहमन्त्री क्षेष्ठको सघन उपचार कक्षमा उपचार जारी रहेको बताइएको छ । मन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थीर रहेको र डा. अरुण मास्केसहितको चिकित्सक टोलीको निगरानीमा उपचार जारी रहेको अस्पताल प्रशासनले जनाएको छ ।