‘मोदीबेनी’को पोष्टर सार्वजनिक

eHimalaya TimeseHimalaya TimesSourceJun 26, 20241 min read
‘मोदीबेनी’को पोष्टर सार्वजनिक
काठमाडौं । साउन १८ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘मोदीबेनी’को अफिसियल पोष्टर सार्वजनिक भएको छ । बुधबार सार्वजनिक पोष्टरमा अभिनेत्री वर्षा सिवाकोटी केन्द्रमा राखिएको छ । पोस्टरमा अभिनेता अमर प्रताप श्रेष्ठ र अभिनेता प्रवीण खतिवडालाई बराबर स्थान दिइएको छ । पोष्टरमा अभिनेत्री रेजिना उप्रेती भने दुई चुल्ठी बाटेर गाउँले युवतीको रूपमा प्रस्तुत हुनुहुन्छ ।