काठमाडौं– नेपाल स्वास्थ्य स्वयंसेवी संघकी केन्द्रीय अध्यक्ष गीता थिङले सरकारले महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्न कन्जुस्याइँ गरेको बताएकी छिन् ।
मंगलवार २० औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै थिमले जुनसुकै परिस्थितिमा पनि जोखिम मोलेर काम गर्ने स्वयंसेविकालाई सरकारले प्रोत्साहन गर्न नसकेको बताएकी हुन् ।
स्वयंसेविकालाई जुन किसिमको प्रोत्साहन हुनुपर्ने हो त्यो हुन नसकेको भन्दै यसले गर्दा स्वयंसेविकाको मनोबल घट्ने काम भइरहेको उनले बताइन् ।
सरकारले विसं २०४५ सालदेखि काम गर्दै आएका स्वयंसेविकाहरूलाई प्रोत्साहनका नाममा अवकाश पछि २० हजार रुपैयाँ दिँदै आएको छ ...


