काठमाडौं- १२ औं नेपाल अफ्रीका फिल्म फेस्टिबल शुक्रबारबाट काठमाडौंको सुन्धारास्थित सिडिसी सिनेमा, सिटिसी मलमा जारी छ । महोत्सबमा पहिलो र दोश्रो दिन फिल्म प्रदर्शन तथा विभिन्न कार्यक्रम आयोजना भइरहेको छ ।
यसै क्रममा महोत्सवको दोश्रो दिन शनिवार विभिन्न फिल्महरु प्रदर्शनसंगै वहस कार्यक्रम आयोजना गरियो । शनिवारको वहस कार्यक्रममा ‘मिडियामा महिला कलाकारको स्थान’ विषयमा छलफल गरियो ।
छलफल चलचित्र पत्रकार संघ नेपालका महासचिव रघुनाथ सापकोटाले सहजीकरण गरेका थिए । वहसमा अभिनेत्री गौरी मल्ल, कलाकार सरिता लामिछाने, गायिका निशा देसार, संचारकर्मी तथा निर्देशक संगीता श्रेष्ठ सहभागी थिए । वहसमा महिला कलाकारहरुले मिडिया पाउने स्थान ...


