काठमाडौं– फिल्म वितरणमा छोटो समयमै आफ्नो दरिलो स्थान बनाउन सफल भएको कुवेर फिल्म्सले अब देशव्यापी रुपमा नेपाली तथा हिन्दी फिल्म पनि वितरण गर्ने भएको छ ।
‘भागवत गीता, रंगेली तथा फर्की फर्की मोफसलका सिनेमा हलमा वितरण गरिसकेको यो कम्पनीले विराज भट्टको १२ गाउँ, धीरज मगर र उपासना सिंह ठकुरी अभितित खुस्मा, बिपीन कार्की र मिरुना मगर अभिनीत उनको सुइटर लगायतका फिल्मको मोफसल प्रदर्शन अधिकार लिइसकेको छ ।
‘अब हामी नेपाली फिल्म पनि देशव्यापी प्रदर्शन अधिकार लिने तयारीमा छौं । छिट्टै नै केही फिल्म लिँदैछौ,’ आशिष भन्छन्– ‘फिल्म वितरणलाई व्यवसायिक रुपले लिएका ...


