राजेश हमाल अब ‘राठीकोल’ को ब्राण्ड एम्बासडर

KalakarmiKalakarmiSourceJun 18, 20241 min read
राजेश हमाल अब ‘राठीकोल’ को ब्राण्ड एम्बासडर
काठमाडौं– नेपाली फिल्मका महानायक राजेश हमाल राठी ग्रुपको एक प्रमुख उत्पादन ‘राठीकोल’ को ब्राण्ड एम्बासडर नियुक्त भएका छन् । मंगलवार काठमाडौंमा आयोजित पत्रकार भेटघाट समारोहबीच राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठी तथा अभिनेता हमालले सम्झौता पत्रमा हस्ताक्षर गरे । हमालले अबको एक वर्षसम्म ‘राठीकोल’ का विभिन्न विज्ञापनहरूमार्फत यसको प्रचार गर्नेछन् । हमाललाई एम्बासडर नियुक्त गरेपश्चात् राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठीले राठी ब्राण्डले नेपाली फिल्ममा हमालको उत्कृष्ट विरासतलाई सदैव सम्मान गर्ने बताए । उनले हमाललाई ब्राण्ड एम्बासडरको रूपमा स्वागत गर्दै यो सहकार्यले नेपाली फिल्म र समाजको लागि महानायकको प्रतिबद्धता र राठिकोलको उत्कृष्टताको ...