‘राष्ट्रलाई ठग्ने ठगहरुलाई छोड्न सकिँदैन, छानबिन गरेर कारवाही गरिनेछ’

KalakarmiKalakarmiSourceDec 5, 20231 min read
‘राष्ट्रलाई ठग्ने ठगहरुलाई छोड्न सकिँदैन, छानबिन गरेर कारवाही गरिनेछ’
महोत्तरी– प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले नेपाल राष्ट्रलाई ठग्ने ठगहरुलाई छोड्न नसकिने धारणा व्यक्त गरेका छन् । महोत्तरीको गौशालामा मधेश प्रदेशको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने– ‘छानबिन गरेर कारवाही गरिने छ ।’ प्रधानमन्त्री दाहालले विगतमा विभिन्न काण्ड मच्चाउनेहरुसंग सरकार कडा रूपमा प्रस्तुत भएको उल्लेख गर्दै अहिले फेरि एनसेलको कुरा आएको बताएका छन् । ‘मैले सत्यतथ्य छानविन गर्न सम्बन्धित निकायलाई निर्देशन गरिसकेको छु, प्रधानमन्त्रीको भनाइ छ ।