काठमाडौं– व्यावसायिक तथा समीक्षात्मक रूपमा सफल भएको फिल्म ‘पशुपति प्रसाद’ को चरित्र ‘भष्मे डन’ मा केन्द्रित सिक्वेलको रूपमा निर्माण भएको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ ओटिटिमा रिलिज भएको छ ।
सिनेमाघर एपमा रिलिज भएको यो फिल्मका निर्देशक दीपेन्द्र के खनाल हुन्, जसमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाल लगायतको अभिनय रहेको छ । यो फिल्ममा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी पनि विशेष भूमिकामा देखिएका छन् ...


