काठमाडौं- अमेरिकाको सन् फ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड आयोजना हुने भएको छ ।
अमेरिकामा रहेको गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाले काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै अवार्ड बारे जानकारी दिएको हो ।
गोल्डेन स्टेट मुभी मेकर्सका प्रमुख यज्ञलाल श्रेष्ठले नेपाली फिल्मको विकास, विस्तार र प्रवर्द्धनका लागि नोभेम्बर १६ (मंसिर १) मा भव्य रुपमा अवार्ड आयोजना गरिने बताए । उनले अवार्डमा नेपालबाट र त्यही रहेका गरि तीन दर्जन बढी कलाकार सहभागी गराइने जानकारी दिए ।
अवार्डमा ०८० साउन १ गतेदेखि ०८१ असार मसान्तसम्म प्रदर्शित नेपाली फिल्महरुबीच प्रतिस्पर्धा हुनेछ ।
बरिष्ठ अभिनेत्रीत्रय बसुन्धरा ...
अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्डको तयारी


