अदालतले रोक्का गर्यो विप्लव समूहका नेता–कार्यकर्ताको सम्पत्ति

KalakarmiKalakarmiSourceDec 5, 20231 min read
अदालतले रोक्का गर्यो विप्लव समूहका नेता–कार्यकर्ताको सम्पत्ति
काठमाडौं– उदयपुर जिल्ला अदालतले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहितको सम्पत्ति रोक्का गरिदिएको छ । योभन्दा अगाडि विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ तथा पोलिटब्यूरो सदस्य माइला लामाविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । विप्लवले अदालतको यस कदमलाई मंगलबार विज्ञप्ति निकालेर तीन बुँदे सहमति उल्लंघन गरिएको भन्दै आन्दोलनको घोषणा गरेका छन् । त्यस्तै विप्लवका नेता र कार्यकर्ताको सम्पत्ति रोक्का गर्नका लागि उदयपुर जिल्ला अदालतले असोज १० गतेकै दिन प्रहरीलाई लेखेको एक पत्रमा विप्लवका नेता तथा कार्यकर्ताको सम्पत्ति रोक्का राखी जानकारी पठाइदिन ताकेता गरिएको छ भनेर लेखिएको छ । पत्रमा ...