मानार्थ विद्यावारिधीको उपाधि ग्रहण गरेर अमेरिकाबाट फर्किए अभिनेता खतिवडा

KalakarmiKalakarmiSourceJun 13, 20241 min read
मानार्थ विद्यावारिधीको उपाधि ग्रहण गरेर अमेरिकाबाट फर्किए अभिनेता खतिवडा
काठमाडौं– अभिनेता सञ्जय खतिवडाले मानार्थ विद्यावारिधी (अनररी डक्टरेट) को उपाधि प्राप्त गरेका छन् । अमेरिकाको सियाटलस्थित एकेडेमिक काउन्सिल अफ वासिङ्टन डिजिटल यूनिभर्सिटीले कलाकार खतिवडालाई उक्त सम्मानले विभूषित गरेको हो । गत साता अमेरिका सियाटलमा आयोजित एक विशेष समारोहमा मानार्थ विद्यावारिधीको प्रमाणपत्र तथा पदक ग्रहण गरेर कलाकार खतिवडा बुधवार स्वदेश फर्किएका छन् । यो समारोहमा सहभागिता जनाउन उनी अघिल्लो सातामात्रै अमेरिका गएका थिए । कलाकार खतिवडाले ‘फिल्म एण्ड आर्ट्स’ विषयमा मानार्थ विद्यावारिधीको उपाधि प्राप्त गरेको बताएका छन् । कलाकार खतिवडाले यो उपाधिबाट सम्मानित भएको जानकारी सामाजिक सञ्जालमार्फत गराएका थिए । उनले ...