‘पेनसनपट्टा’ निर्देशन गर्दै माओत्से गुरुङ

Himal KhabarHimal KhabarSourceJun 10, 20241 min read
‘पेनसनपट्टा’ निर्देशन गर्दै माओत्से गुरुङ
काठमाडौँ- निर्देशक तथा कलाकार माओत्से गुरुङले नयाँ फिल्म ‘पेनसनपट्टा’ निर्देशन गर्ने भएका छन्। उनले फिल्म बनाउन लागेको घोषणा गरेका हुन्। फिल्ममा निर्देशक गुरुङकै लेखन रहनेछ। फिल्म माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण हुनेछ। फिल्म बारे थप जानकारी केही समयपछि सार्वजनिक गर्ने गुरुङले बताए। गतवर्ष माघमा गुरुङ निर्देशित ‘दयारानी’ले बक्सअफिसमा राम्रो कलेक्सन गरेको निर्माण टिमको दाबी छ।