‘सतीदेवी’ को टीजरलाई चौतर्फ प्रशंसा, निर्देशक भन्छन्– ‘प्रतिक्रियाबाट उत्साहित छु’

KalakarmiKalakarmiSourceJun 10, 20241 min read
‘सतीदेवी’ को टीजरलाई चौतर्फ प्रशंसा, निर्देशक भन्छन्– ‘प्रतिक्रियाबाट उत्साहित छु’
काठमाडौं– फर्स्टलूक पोस्टरबाटै चर्चामा आएको फिल्म ‘सतीदेवी’ को केही दिनअघि सार्वजनिक टीजरले चौतर्फी प्रशंसा पाएको छ । साउन ४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउनुअघि नै विभिन्न महोत्सवमा सर्वाेत्कृष्ट फिल्म, निर्देशक, स्क्रिप्ट तथा अभिनेत्रीको अवार्ड जितिसकेको ‘सतीदेवी’ को टीजरले अहिले चौतर्फी प्रशंसा पाएको हो । साढे दुई मिनेट लामो टीजरमा एउटा परिवारमा छोरीहरुमात्रै जन्मिँदा समाजले हेर्ने दृष्टिकोण, अभिभावकले गर्ने भेदभाव तथा छोरीहरुले आफ्नो परिवारका लागि उठाउने जोखिमको विषयलाई इंगीत गरिएको छ । निर्देशक लक्ष्मण सुवेदीको लेखन तथा निर्देशनमा बनेको यो फिल्मका लगानीकर्तँ पनि सुवेदी नै हुन् । यो फिल्मको शीर्ष भूमिकामा ...