नेफ्टा अध्यक्ष लामालाई मातृशोक, बिहान १० बजेसम्म वीर अस्पतालमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने

KalakarmiKalakarmiSourceJun 9, 20241 min read
नेफ्टा अध्यक्ष लामालाई मातृशोक, बिहान १० बजेसम्म वीर अस्पतालमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने
काठमाडौं– फिल्मकर्मी तथा नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) का अध्यक्ष पुष्कर लामा मातृशोक परेको छ । लामाकी ममतामयी आमा लक्ष्मी माया बोमजनको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । लामाकी आमा पित्त थैलीको क्यान्सरबाट पीडित थिइन् । उपचारकै क्रममा गए राति १ः०५ बजे उनको अस्पतालमै निधन भएको हो । निर्देशक डिसीका अनुसार दिवंगत लामाको पार्थीव शरीरलाई अहिले बिहान ८ बजेदेखि १० बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि वीर अस्पतालमै राखिने भएको छ । त्यसपछि लामा संस्कारअनुसार अन्त्येष्टिका लागि आफ्नै गाउँ इन्द्रसरोबर (मार्खु) ...