काठमाडौं– फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को छायांकन प्रारम्भ गरिएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्मको ओखलढुङ्गा जिल्लाको रुम्जाटारबाट प्रारम्भ गरिएको हो । फिल्मको ओपनिङ दृश्य गायक तथा कलाकार प्रकाश सपूत र बाल कलाकार जान्भि पौडेल दिएका थिए ।
कलाकारहरूको लाइनअप बलियो रहेको ‘पूर्ण बहादुरको सारङ्गी’ मा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ ।
यस्तै, फिल्ममा विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । यस्तै यो फिल्मको बालकलाकारमा जान्भि पौडेल र स्वायम् केसीको अभिनय रहने ...
फ्लोरमा ‘पूर्ण बहादुरको सारङ्गी’


