कलाकार संघको आयोजनामा जेठ २९ मा कलाकारकै लागि विचार गोष्ठी, सहभागिताका लागि आह्वान

KalakarmiKalakarmiSourceJun 7, 20241 min read
कलाकार संघको आयोजनामा जेठ २९ मा कलाकारकै लागि विचार गोष्ठी, सहभागिताका लागि आह्वान
काठमाडौं– नेपाल चलचित्र कलाकार संघले पहिलो पटक सम्पूर्ण नेपाली कलाकारहरुका लागि एउटा विचार गोष्ठी आयोजना गर्दैछ । यही जेठ २९ गते मंगलवार काठमाडौंमा आयोजना हुने ‘कलाकार र आम सञ्चार’ विषयको विचार गोष्ठीमा कलाकार संघमा आवद्ध कलाकारहरुका साथै कलाकारितामा सक्रिय अधिकांश कलाकारको सहभागिता रहने संघका अध्यक्ष मोहन निरौलाको अपेक्षा छ । अनामनगरको किम्ची रेष्टुराँमा मंगलवार बिहान ११ बजेदेखि प्रारम्भ हुने उक्त गोष्ठीमा वरिष्ठ फिल्म निर्देशक राजेन्द्र सलभ, निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी तथा पत्रकार तथा कलाकर्मीका प्रधान सम्पादक कृष्ण भट्टराई वक्ताको रुपमा सहभागि हुँदैछन् । सलभ, डिसी तथा भट्टराईले क्रमशः आचार ...